Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

मधेश बलियो हुन्छ भन्ने डरकै कारण सुधार अवरुद्ध गरिएको छ : उपेन्द्र यादव

spot_img

जनकपुर,२२ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकास र सशक्तीकरण अब बाहिरी शक्तिको भरमा नभई मधेशी जनताकै नेतृत्व र पहलबाट सम्भव हुने बताएकाे छ । बुधबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य संरचनामै रहेको विभेदलाई पछाडि पार्दै मधेशको भविष्य मधेशी जनताले नै बनाउने बताए हो ।

अध्यक्ष यादवले मधेशलाई राजनीतिक रूपमा कमजोर राख्न निर्वाचन प्रणालीमै असन्तुलन कायम गरिएको उल्लेख गरे । उनले जनसङ्ख्याका आधारमा नभई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिँदा मधेशी जनताको मतको मूल्य घटाइएको उनको आरोप समेत थियो ।

सप्तरी–३ को उदाहरण दिँदै उनले एक लाखभन्दा बढी जनसङ्ख्या हुँदा पनि एउटै प्रतिनिधि सीमित हुनु, तर पहाडी क्षेत्रमा थोरै जनसङ्ख्यामा बढी प्रतिनिधित्व हुनु अन्यायपूर्ण भएको बताए ।

उनले यस्तो अवस्थाका लागि ठुला राजनीतिक दलहरू जिम्मेवार रहेको दाबी समेत गरे । एमाले, कांग्रेस र माओवादीले मधेशको राजनीतिक प्रभाव बढ्ने डरले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नचाहेको उनको भनाइ थियो । उनले भने, मधेश बलियो हुन्छ भन्ने डरकै कारण सुधार अवरुद्ध गरिएको छ ।”

कांग्रेसमाथि मधेशी मत प्रयोग गरेर सत्ता पुग्ने तर मधेशका मुद्दा बेवास्ता गर्ने आरोप लगाउँदै उनले नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै धारमा हिँडिरहेको टिप्पणी गरे ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, संजय सिंह, कामेश्वर झालगायतै नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत गर्दै यादवले मधेश केन्द्रित राजनीतिक एजेन्डालाई अझ सशक्त बनाउने दाबी समेत गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय