Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

क्यानडाविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गर्दै

spot_img

काठमाडौँ,२२ माघ । नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ । क्यानडाले टस जितेर सुरुमा ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो ।

नेपाल र क्यानडाबिचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा खेल जारी छ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स (युएई)लाई नेपालले सात विकेटले पराजित गरेको छ ।

आजको खेलको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नुभएको छ । नियमित कप्तान रोहित पौडेल क्याम्टेन्स मिटमा सहभागी हुन मुम्बइ गएपछि दिपेन्द्रले कप्तानीको अवसर पाउनुभएको हो ।

पाँच ओभरको समाप्तिमा क्यानडाले एक विकेटको क्षतिमा २१ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले एक विकेट हात पर्नुभएको हो ।

नेपालले यसअघि विश्वकपको तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो ।

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ । सहभागी देश (टोली) लाई चार समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईमा खेल्नेछ ।

यस्तै समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ ।

आइसिसीले यस विषयमा पाकिस्तानलाई सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ । पाकिस्तान खेलेन भने उक्त खेलमा भारतले स्वत दुई अङ्क पाउनेछ ।

यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छ भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । सेमिफाइनल विजेताबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय