काठमाडौं,२२ माघ । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालका ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक खेल्दै टिमलाई जिततर्फ मार्गदर्शन गरेका थिए।
यस जितसँगै नेपालको विश्वकप तयारी बलियो भएको देखिएको छ।



