आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो

spot_img

काठमाडौं,२४ माघ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रनमै समेटिएको हो।

नेदरल्याण्ड्सका स्कट एडवार्डले सर्वाधिक ३७ रनको योगदान दिए। पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए भने मोहम्मद नवाज, अबरर अहमेद, सइम अयुवले दुई–दुई र शाहीन शाहले एक विकेट लिए।

आजको खेलसँगै प्रतिस्पर्धामा अन्य खेल पनि हुनेछन्। सवा ३ बजे इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे वानखेडे रंगशालामा आयोजक भारत र अमेरिकाबीच खेल हुने छ।

प्रतियोगितामा २० टोली सहभागी छन् र चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्याण्ड्स, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेष्ट इन्डिज, स्कटल्याण्ड र इटाली, र समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय