पास नभएका १ सयभन्दा बढी सवारीसाधन बारा प्रहरीद्वारा नियन्त्रणमा

spot_img

बारा,२१ फागुन –  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बारामा सवारीसाधनको सुरक्षा जाँच कडाइका साथ लागू गरिएको छ। यस क्रममा पासबिना सञ्चालनमा रहेका सयभन्दा बढी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज कार्यालय परिसर तथा जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी चेकजाँच अभियानका क्रममा निर्वाचन पास नभएका मोटरसाइकलसहित अन्य सवारीसाधन नियन्त्रणमा लिइएको हो।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन पासबिना चलाइने सवारीसाधनमाथि विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार नियन्त्रणमा रहेका सवारीसाधनलाई निर्वाचन प्रक्रिया सम्पन्न भएपछि साँझ ५ बजेदेखि क्रमशः छाडिने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय