सर्लाहीका जनताको पक्षमा अन्तिम समयसम्म लड्नेछु: नारायणकाजी श्रेष्ठ

spot_img

सर्लाही,२५ माघ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीका जनताको हक–अधिकार, विकास र समग्र समृद्धिका लागि अन्तिम समयसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले भने, “अहिले म यहाँ छु—सर्लाहीको जनताको काखमा आएको छु। जन्म गोरखामा भए पनि देश र जनताको हितका लागि जहाँ बसेर काम गर्नुपर्छ, त्यहीँ बसेर काम गर्ने मेरो दृढ निश्चय छ।”

श्रेष्ठले सुकुम्बासी, अव्यवस्थित बस्ती र श्रमजीवी परिवारहरूको स्थायी बसोबास सुनिश्चित गर्न लालपुर्जा वितरण र अधिकार सुनिश्चित गर्ने विषयमा जनतासँग उभिने बताएका छन्। केही पार्टी र उम्मेदवारहरूले सरकारमा हुँदा पनि सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको आरोप लगाउँदै उनले जनतालाई सचेत रहन अपिल गरे।

उहाँले गरिब, मजदुर, किसान, सुकुम्बासी, दलित, जनजाति, महिला र पिछडिएका समुदायको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता दोहोर्याए। श्रेष्ठले तीन मुख्य प्रतिबद्धतासमेत व्यक्त गरे – हक–अधिकारको पक्षमा अन्तिम समयसम्म लडिरहने, विकास र समृद्धिका लागि जनतासँगै संघर्ष गर्ने, र व्यक्तिगत रूपमा समस्यामा पर्दा पनि जनताको साथमा उभिने।

उहाँले चुनावमा मात्र आउने, भोट माग्ने र पछि हराउने खालको राजनीतिलाई परिवर्तन गर्दै जनताको सेवा, न्याय, अधिकार र विकासको राजनीति अघि बढाउने आश्वासन पनि दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय