बीरगन्ज,२५ माघ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले चुनावी अभियानअन्तर्गत बहुदरमाइ नगरपालिका वडा नं. २ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्मपन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा चौधरीले सिसियाडी, बैरिया र पिपरा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्ना चुनावी योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या र सुझावसमेत संकलन गरिएको जनाइएको छ।
घरदैलो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, विपिन यादव, वीरेन्द्र यादव तथा केन्द्रीय सल्लाहकार रामआश्रय रामको उपस्थिति रहेको थियो। साथै नेताहरू जयशंकर यादव, दीपेन्द्र सिंह पटेल लगायत स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको बताइएको छ।
पार्टीले निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका विभिन्न बस्तीमा घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने जनाएको छ।



