प्रधानमन्त्री कार्कीले दिइन् विश्वकप खेल्ने नेपाली खेलाडीलाई विजयको शुभकामना

spot_img

काठमाडौँ,२५ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकपअन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयको शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रन लागेको टोलीले खेलमार्फत नेपालको आत्मविश्वास, एकता र सामूहिकताको सशक्त प्रस्तुति देखाउने विश्वास व्यक्त गरेकी छन्।

विश्वकपमा तेस्रो पटक सहभागिता जनाएको नेपालले विगतमा ठूला टोलीविरुद्ध देखाएको साहसिक प्रदर्शन र ऐतिहासिक सफलताले आजको खेललाई झनै विशेष बनाएको प्रधानमन्त्रीले उल्लेख गरेकी छन्।

उनले सिङ्गो राष्ट्र र विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको तर्फबाट खेलाडीहरूलाई हार्दिक शुभकामना दिँदै “विजयी भवः” भन्ने सन्देश पनि व्यक्त गरेकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय