Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

सिरहा कारागार तनावग्रस्त :...

सिरहा, २६ माघ - गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सुरु भएको...

पर्सा–२ मा टेमानीको सशक्त...

वीरगंज (पर्सा), २२ माघ - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका...

पर्सागढी–४ थरुवा हर्दासपुरमा रास्वपाको...

पर्सा,२६ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर...

पर्सा–४ मा कांग्रेस उम्मेदवार...

वीरगंज,२६ माघ  - नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश...
spot_img

पर्सा–१ मा हरि पन्तको सक्रिय घरदैलो अभियान, स्थानीयको उत्साहजनक समर्थन

spot_img

वीरगंज,२५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुर क्षेत्रका मतदातासँग भेटघाट गरेका छन्।

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले पन्तलाई विभिन्न स्थानमा टीका, माला तथा खादा लगाएर स्वागत गरेका थिए। स्वागत कार्यक्रममा सहभागी मतदाताहरूले मुलुकको अबको आशा राष्ट्रिय स्वतन्त्र पार्टी भएको उल्लेख गर्दै यसपटकको निर्वाचनमा पर्सा क्षेत्र नं.–१ बाट रास्वपालाई विजयी गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार पन्तसँग स्थानीय नागरिकहरूले क्षेत्रका विभिन्न समस्या तथा गुनासाहरू पनि राखेका थिए। पन्तले ती समस्यालाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय