Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

सिरहा कारागार तनावग्रस्त :...

सिरहा, २६ माघ - गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सुरु भएको...

पर्सा–२ मा टेमानीको सशक्त...

वीरगंज (पर्सा), २२ माघ - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका...

पर्सागढी–४ थरुवा हर्दासपुरमा रास्वपाको...

पर्सा,२६ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर...

पर्सा–४ मा कांग्रेस उम्मेदवार...

वीरगंज,२६ माघ  - नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश...
spot_img

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

spot_img

काठमाडौं,२६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल र बेलायतबीचको लामो समयदेखि कायम द्विपक्षीय सम्बन्ध, विकास, मानव कल्याण र शान्तिसँग सम्बन्धित सहकार्यको महत्त्व उजागर गर्दै राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनामा दुवै राष्ट्रले समान दृष्टिकोण राखेको उल्लेख गरे।

राष्ट्रपतिले ब्रिटिस गोर्खाले गरेको प्रशंसनीय योगदानले नेपाल–बेलायत सम्बन्ध अझ मजबुत भएकोमा खुशी व्यक्त गर्दै, गोर्खा सैनिकको उपस्थितिले दुई देशबीचको जनस्तरीय सम्बन्ध सुदृढ भएको बताए। साथै, पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र छिट्टै समाधान हुने अपेक्षा रहेको उनले उल्लेख गरे।

गोर्खा विग्रेडको सन् २०२५ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा राष्ट्रपति पौडेलले बेलायती सरकारलाई धन्यवाद दिएका छन्। प्रतिवेदनमा उल्लेखित तथ्याङ्क र सिफारिसका सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने पनि बताए।

बेलायती सेनाका मेजर जेनरल स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सदैव अग्रपंक्तिमा रहेको बताए। उनीहरूले गोर्खा युवालाई “नेपालका छोरा, छोरी” भनेर सम्झाउने गरेको र बेलायती जनताले गोर्खा नेपालीप्रति सम्मान र माया देखाउने गरेको उल्लेख गरे। कार्यक्रममा नेपालस्थित बेलायती राजदूत रव फेन पनि उपस्थित थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय