काठमाडौं,१४ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जलेको आफ्नो घरमा पुगेकी छन्।
काठमाडौं, भंगाल स्थित घर आन्दोलनकारीहरूले भदौ २४ गते साँझ आगो लगाएका थिए। आन्दोलन भएको करिब छ महिना बितिसक्दा भण्डारीले आफ्नो निवास निरीक्षण गर्न आएकी हुन्।
उक्त घटनाले ती समयका राजनीतिक परिस्थितिको स्मरण गराउँदै समाजमा त्यसको प्रभाव र पीडित परिवारको अवस्था उजागर गरेको छ।

