२०७४ को सम्झना गर्दै प्रचण्डले वाम एकताको आवश्यकता औँल्याए

spot_img

काठमाडौं,१८ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकतामा जोड दिएका छन्। भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेसँग आबद्ध नेताहरूलाई पार्टीमा प्रवेश गराउँदै प्रचण्डले भने, “आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरण र एकता हो। यो अहिलेको राजनीतिक परिस्थितिमा एकदमै महत्वपूर्ण छ।”

प्रचण्डले २०७४ सालको निर्वाचन पनि सम्झिए, जब तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा चुनाव लडेका थिए। उनले भने, “हामी २०७४ मा एक भएर चुनाव लड्यौं र पछि एउटै पार्टी पनि बनायौं। झण्डै दुई तिहाइ बहुमत पाए पनि नेतृत्वको कमजोरीका कारण जनताको ठूलो विश्वासलाई निरन्तरता दिन सकिएन।”

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि कम्युनिस्टहरूबीच एकता अझ आवश्यक भएको भन्दै प्रचण्डले वर्तमानमा एकता प्रक्रियालाई अघि बढाइरहेको बताए। उनले भनें, “एमालेका केन्द्रका नेतादेखि प्रदेशका मन्त्री र सांसदहरू दिनप्रतिदिन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरिरहेका छन्।”

निर्वाचनको तयारीको क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजु लबजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल, र चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायत नेताहरूले एमाले छोडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गर्दै वामपन्थी र क्रान्तिकारी शक्तिहरूबीचको एकतालाई वर्तमान परिस्थितिको आवश्यकता बताएको छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय