काठमाडौँ,०२ चैत । नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार सोमबारका लागि सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार भने सुन तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य ५ हजार २७५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

