काठमाडौं,२१ कात्तिक । शुक्रबार सुनको मुल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनको मुल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।
यसअघि असोज ३१ गते सुनको मुल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको मुल्यले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।



