इनिशा विश्वकर्माको हत्याविरुद्ध सिरहाको गोलबजारमा प्रदर्शन

spot_img

सिरहा,०२ चैत । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या र रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा सिरहाको गोलबजार मा प्रदर्शन गरिएको छ।

दलित विकास मञ्चको आयोजनामा तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा सोमबार गोलबजार क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै पीडितलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने बताएका थिए। त्यसपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा पनि आयोजना गरिएको थियो।

कोणसभामा वक्ताहरूले पछिल्लो समय विशेषगरी दलित महिला तथा किशोरीमाथि हिंसा र हत्या घटनाहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित घर फर्किन्छन् कि फर्किन्नन् भन्ने डर अभिभावकमा बढ्दै गएको बताएका थिए।

वक्ताहरूले राज्यका निकायहरूले महिलाप्रति संवेदनशील दृष्टिकोण नअपनाउँदा महिलाहरू अझ बढी जोखिममा परेको जिकिर गरे। उनीहरूले कानुनी राज्य, जिम्मेवार प्रशासन र प्रभावकारी जनप्रतिनिधित्व कमजोर हुँदा यस्ता घटना बढ्दै गएको टिप्पणी गरे।

कार्यक्रममा सञ्जय महरा, शिवकुमार महरा, रीता रजक र दास लगायतले सम्बोधन गर्दै महिलाको सुरक्षा सुनिश्चित गर्न र दलित महिलामाथि हुने हिंसा तथा हत्या घटनाप्रति राज्य गम्भीर हुनुपर्ने माग गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय