काठमाडौँ, १ पौष । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रुपैयाँ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
चालुगत शीर्षकमा...