काठमाडाैं,१२ मंसिर । गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग सोधपुछ गरेका छन्।
सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्री लेखकले मंगलबार स्पष्टीकरण सोधेका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर ७ गते महोत्तरी प्रशासनका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
यही विषयमा प्रमुख जिल्ला अधिकारी कवारीलाई गृहमन्त्री लेखकले चेतावनी दिएको मन्त्रालय स्रोतको भनाइ छ।
त्यस्तै पर्साका अर्यालले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोध्नुपरेको मन्त्रालय स्रोतको भनाइ छ।
काठमाडाैं,१२ मंसिर । गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग सोधपुछ गरेका छन्।
सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीत लहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई ...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका छन् ।
बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी...