वीरगन्ज,०८ माघ । वीरगन्ज महानगरपालिका – १५ पिपरास्थित श्री नरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान चाइनिज साइकल वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा साइकल वितरण गरिएको हो ।
अन्तर्राष्ट्रिय लभ साइकल नेपाल अभियानको शुभारम्भ समारोहको अवसरमा चाइना फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई साइकल प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई घरबाट विद्यालय आवतजावतमा सहज बनाउनका लागि साइकल वितरण गरिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तिया आलमले विद्यार्थीहरूको शिक्षामा पहुँचलाई थप सुलभ बनाउन सहयोग पुर्याउने यस्ता कार्यक्रमहरू अत्यन्तै सकारात्मक रहेको बताए ।
अन्तर्राष्ट्रिय...
वीरगन्ज,०८ माघ । वीरगन्ज महानगरपालिका – १५ पिपरास्थित श्री नरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान चाइनिज साइकल वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा...