spot_img

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

spot_img
spot_img

बीरगन्ज,३० फागुन । सर्लाहीको बरहथवामा शुक्रबार साँझ एक स्कारपियोले पैदल हिँडिरहेका जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बरहथवा नगरपालिका–१०, सीतापुरस्थित सडक खण्डमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोले जन्तीहरूलाई ठक्कर दिएको हो।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी ११ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटना पछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ का ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय बरहथवाले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय