जनकपुरधाम, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ ।
बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो ।
मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो ।
तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला...