spot_img

१५ असारदेखि नयाँ ट्र्याकबाट खुल्ने बीपी राजमार्ग

spot_img
spot_img

काठमाडौं,०७ असार । बाढीका कारण क्षतिग्रस्त भएको बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयले तीव्र गतिमा पुनर्निर्माण कार्य अघि बढाएको छ।

रोशी खोलाको डाइभर्सन क्षेत्रमा बारम्बार देखिने अवरोधलाई ध्यानमा राख्दै हाल सडकको माथिल्लो भागमा वैकल्पिक नयाँ ट्र्याक निर्माण भइरहेको छ। चारसयबेँसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीलगायतका खण्डमा ग्राभेल बिछ्याउने काम सम्पन्न भइसकेको छ। कार्यालयले १५ असारदेखि नयाँ ट्र्याकमार्फत सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ।

तत्कालका लागि ग्राभेल सडक प्रयोग गरेर यातायात सञ्चालन गरिनेछ भने आगामी आर्थिक वर्षदेखि उक्त सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइने योजना छ।

भकुन्डेबेँसीदेखि नेपालथोकसम्म बाढीले क्षति पुर्‍याएको ३०.५ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्नति गर्न विभिन्न निर्माण कम्पनी परिचालन गरिएका छन्।

साथै, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा हुने पुनर्निर्माण कार्यलाई समेत तीव्रता दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
राजमार्गको पुनः सञ्चालनसँगै पूर्वी नेपाल र काठमाडौंबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय