काठमाडौं,०५ असार । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको छ। सम्भावित सडक अवरोध व्यवस्थापनका लागि सडक विभागले देशभर २७७ वटा हेभी उपकरण तयारी अवस्थामा राखेको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, तीमध्ये १२३ वटा उपकरणहरू जोखिमयुक्त क्षेत्रमै खटाइएका छन्, जसले पहिरो हटाउन सिधा काम गर्नेछन्। बाँकी १५४ उपकरण निर्माणस्थलमा छन्, तर आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने अवस्था बनाइएको छ।
यी उपकरणहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीललोडर, क्रेन, टिपर ट्रकलगायत २४ किसिमका मेसिनहरू छन्। सडक विभागले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। यदि कुनै...
२७ असार — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला...