काठमाडौँ । बिहीबार राति भारतको उत्तराखण्डकाे रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । प्रकाश कामी,कालीकोटका टेकबहादुर कामी र देवी कामीको पहिचान खुलेको हो ।
‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए ।
थप बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले बताए । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।

