बाढी–पहिरोमा अवरुद्ध सडक खोल्न विभागले गर्यो विशेष तयारी

spot_img

काठमाडौं,०५ असार । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको छ। सम्भावित सडक अवरोध व्यवस्थापनका लागि सडक विभागले देशभर २७७ वटा हेभी उपकरण तयारी अवस्थामा राखेको छ।

विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, तीमध्ये १२३ वटा उपकरणहरू जोखिमयुक्त क्षेत्रमै खटाइएका छन्, जसले पहिरो हटाउन सिधा काम गर्नेछन्। बाँकी १५४ उपकरण निर्माणस्थलमा छन्, तर आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने अवस्था बनाइएको छ।

यी उपकरणहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीललोडर, क्रेन, टिपर ट्रकलगायत २४ किसिमका मेसिनहरू छन्। सडक विभागले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। यदि कुनै स्थानमा सडक अवरुद्ध भएमा नजिकको विभागीय कार्यालयलाई तुरुन्त जानकारी दिन पनि अनुरोध गरिएको छ। मनसुन सक्रिय भएसँगै अबरुद्ध सडक खोल्न तदारुकता देखिए पनि समयमै समन्वय र कारवाही गर्नुपर्ने आवश्यकता झनै देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय