वीरगन्ज,१४ चैत । चैतदेखि जेठसम्म हावाहुरी चल्ने मौसममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेको छ । विपद् व्यवस्थापन समितिले पर्साका सबै पालिकालाई आगलागीबाट जोगिनका लागि पूर्व तयारीमा बस्न निर्देशन दिए पनि जिल्लाका धेरै पालिकाले वारुणयन्त्र (दमकल) खरिद नगरेको पाइएको छ ।
हालसम्म पर्साका १४ पालिकामध्ये केवल चार वटा पालिकाले मात्र वारुणयन्त्र खरिद गरेका छन् । वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, र सखुवाप्रसौनी गाउँपालिकाले दमकल किनेका भए पनि पर्सागढी नगरपालिकाको वारुणयन्त्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
वीरगन्ज महानगरपालिकाको दमकलले पर्सा, बारा तथा छिमेकी भारतको रक्सौलसम्म सेवा दिँदै आएको छ ।...
वीरगन्ज,१४ चैत । चैतदेखि जेठसम्म हावाहुरी चल्ने मौसममा आगलागीका घटनाहरू बढ्ने सम्भावना उच्च रहेको छ । विपद् व्यवस्थापन समितिले पर्साका सबै पालिकालाई आगलागीबाट जोगिनका...