काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरूको शक्ति संख्यामा नभई विचारमा रहेको बताएका छन्।
सोमबार संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिकामा जिम्मेवार ढंगले काम गर्ने बताए।
“हामी संख्यामा कम छौँ तर विचारमा स्पष्ट र परिपक्व छौँ,” आङदेम्बेले भने।
उनका अनुसार कांग्रेसले सरकारका सकारात्मक कदमहरूलाई समर्थन गर्ने तर संविधान र जनहितविपरीतका कामहरूमा कडा रूपमा आवाज उठाउनेछ।
आङदेम्बेले संसद्मा प्रभाव संख्याले मात्र नभई स्पष्ट विचार र जिम्मेवार भूमिकाले निर्धारण गर्ने धारणा पनि राखे।

