छिपहरमाई गाउँपालिकामा ७ महिनादेखि तलब नपाएपछि कर्मचारीको धर्ना

spot_img

वीरगन्ज,१४ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा करारका कर्मचारीहरूले सात महिनादेखि तलब नपाएको भन्दै कार्यालयमा धर्ना दिएका छन्। करिब ५० जना कर्मचारीले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
कर्मचारीहरू बिहान ९ बजेदेखि भिस्वास्थित गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्। आन्दोलनका कारण गाउँपालिका तथा पाँचवटै वडा कार्यालयको सेवा प्रवाह पूर्ण रूपमा ठप्प भएको छ।

आन्दोलनरत कर्मचारीका अनुसार कात्तिक महिनादेखि तलब रोकिएको छ भने पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गुनासो छ। लामो समय तलब नपाउँदा दैनिक जीवनयापनसमेत कठिन भएको उनीहरूको भनाइ छ।

वडा नं. ५ का कम्प्युटर अपरेटर लालबाबु महमदले माघ महिनादेखि करार अवधि नवीकरण नभएको र कात्तिकयता तलब नपाएको बताए। कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग बारम्बार छलफल गरे पनि समस्या समाधान नभएको आरोप लगाएका छन्। समाधानका लागि पहल नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

यसबीच, प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानसँग सम्पर्क हुन नसकेको र उनको स्थानमा सरुवा भएका संजीव कुमार साह पनि हालसम्म कार्यालयमा उपस्थित नभएको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय