बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा

spot_img

काभ्रेपलाञ्चोक,१४ वैशाख । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।

शनिबार साँझ आएको बाढीले सडकका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो। सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीको निरन्तर प्रयासपछि क्षतिग्रस्त संरचना मर्मत गर्दै सोमबार दिउँसो सवा ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको हो।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार कठिन परिस्थितिमा पनि निरन्तर काम गरेर यातायात सञ्चालनमा ल्याइएको हो।

बाढीले काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा, घुमाउने, चारसयबेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा सिन्धुलीतर्फ आँपघारी र नेपालथोक क्षेत्रका डाइभर्सनमा ठूलो क्षति पुर्‍याएको थियो।

हाल सडक विभागले रोशी खोलाको किनारै किनार अस्थायी वैकल्पिक मार्ग तयार गरी सवारी सञ्चालन गरिरहेको छ।

राजमार्ग खुलेसँगै रोकिएका यात्रु र सवारी साधनहरू गन्तव्यतर्फ जान थालेका छन्। तर वर्षायाम भएकाले खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

यात्रुहरूले सडक अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सडकलाई थप सुरक्षित बनाउन मर्मत तथा सुदृढीकरण कार्य जारी रहने जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय