Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

नेपालले चीनको सबै खुल्ला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट समकक्षी लि छियाङपेङले हस्ताक्षर गरेका हुन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनफिङको उपस्थितिमा प्रोटोकलमा हस्ताक्षर भएको हो ।

गत भदौमा काठमाडौंमा बसेको नेपाल-चीनको तेस्रो परामर्श बैठकमा प्रोटोकलमा सहमति जुटेको थियो । अहिले राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा यसमा हस्ताक्षर भएको छ । योसँगै दुवै देशका मन्त्रिपरिषदले प्रोटकोल अनुमोदन गरेर कार्यान्वयनमा लैजानेछ ।

अब नेपालले चीनको चारवटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । यसपछि तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ ।

नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

हाल नेपालले भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । भारतले अन्य दुई बन्दरगाह पनि प्रयोग गर्न दिने समझदारी गरेको छ ।

चीनसँगको यो सम्झौतापछि नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच प्राप्त गरेको छ । प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ ।

प्रोटोकलमा नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्नेछन् ।

प्रोटोकलअनुसार वाणिज्य सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्री स्तरको संयुक्त परामर्श संयन्त्र पनि बन्नेछ । यो संयन्त्रले पारवहन यातायात सम्झौता र प्रोटोकल कार्यान्वयनको अवस्थाबारे पुनरावलोकन गर्नेछ ।

वाणिज्य सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरमा प्राविधिक विषयमा वार्ता गर्न परामर्श उपसमिति बनाउने सहमति पनि छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ब्यापार तथा पारवहन सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकलमा सहमति जुट्न दुई वर्ष बढी लागेको थियो । प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालको सामुन्द्रिक बन्दरगाह प्रयोगमा भारतीय एकाधिकार हटेको छ ।

ताजा समाचार

थप समाचार