शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

‘नेपाल हिरो अफ ट्यालेन्ट’ हुने विजेतालाई ७० लाख दिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ वैशाख — अहिले नेपालमा विभिन्न ट्यालेन्ट शोहरु भित्रिरहेका छन् । प्रतिभा प्रस्फुटित गर्ने स्थान नपाएकाहरुले अहिले स्टेज पाइरहेका छन् ।

- Advertisement -

गायन, नृत्यलगायतका विभिन्न ट्यालेन्ट सोको संख्या बढिरहेका बेला यस्तै अर्को सो पनि थपिएको छ । ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नाम दिइएको उक्त ट्यालेन्ट शोमा गाउने, नाच्ने , जादु देखाउने, बिट बक्सिङ, मुखले बाजा बजाउने लाई पनि स्थान दिइनेछ । २०७५ चैत २५ गते झापाको बिर्तामोडबाट सुरु भएको यसको अडिसन अहिले पश्चिम नेपालका शहरहरुमा भइरहेको छ ।

अडिसन जेठको २६ गते घोराहीमा हुनेछ । पोखरामा वैशाख २८ र २९ गते हुँदैछ भने काठमाडौंमा जेठको ५, ६ र ७ गते अडिसन हुँदैछ ।

- Advertisement -

अडिसन राउन्डमा राम्रो प्रतिभा देखाउनेलाई जज राउन्डमा ल्याइने मार्के्टिङ डाइरेक्टर समीर लामा तामाङले बताए । उत्कृष्ट २० प्रतिभा छनोट भएपछि भने दर्शकले गरेको भोटका आधारमा उनीहरु अघि बढ्नेछन् ।

जुनसुकै उमेरका महिला, परुष जोसुकैले सहभागी हुन पाउने यो ट्यानेन्ट शोको विजेताले ७० लाख, दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख पाउनेछन् । उत्कृष्ट १० जनाले विश्व भ्रमण र आफूले चाहेजति गीत रेकर्ड गराउन सक्नेछन् ।

यो ट्यालेन्ट सो को निर्णायकमा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राई, नायिका तथा नृत्याङ्गना एलिना बास्कोटा रहेका छन् । यो ट्यालेन्ट सो जेठ ६ गतेदेखि हिमालय टेलिभिजनमा हरेक शुक्रबार बेलुका ९ बजेदेखि १० बजेसम्म प्रशारण हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -