शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

विभिन्न आरोपमा पक्राउ परेका १९ पाकिस्तानी बन्दी भारतबाट रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अमृतसर । भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् । जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो ।

- Advertisement -

भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताए । उनले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए ।
भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए ।

पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् । पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो, जसमध्ये ५५ जना माझी थिए ।

- Advertisement -

पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो । भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -