spot_img

आगामी निर्वाचनमा पनि पार्टीले दुई तिहाई मत प्राप्त गर्ने प्रधानमन्त्री ओलीको दाबी

spot_img
spot_img

वीरगन्ज, ३ ज्येष्ठ —  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पनि पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गर्नुभयो ।

मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टिले नागरीकका पक्षमा काम गरेको हुँदा आगामी निर्वाचनमा पनि दुइ तिहाइ मत प्राप्त गर्ने दावि गर्नुभएको हो ।

उहाँले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउँदै विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने बताउनुभयो ।

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको उहाँले बताउनुभयो ।

अब दुवै पार्टी अन्तरघुलित भएर एक भएको भन्दै उहाँले यसैलाई बुझेर सबै नेतृत्व पाउने साथीहरुले जिम्मेवारी निर्वाह गर्नेछन् भन्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

एकताका केही काम बाँकी रहेको भए पनि ती कामले केही दिन भित्र नै पूर्णता पाउने पनि उहाँले विश्वास दिलाउनुभयो ।
उहाँले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार जस्ता कुरामा सरकार कठोरताका साथ लागिरहेको भन्दै सरकारले गरिरहरहेको कामविरुद्ध केही तत्वहरुले षड्यन्त्र गर्दै सरकार विरुद्ध नै हमला गरिरहेको भन्दै त्यसलाई परास्त गर्दै अघि बढ्ने बताउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय