वीरगन्ज, ४ जेठ — बीरगंज महानगरपालिका वडा न. ३१ मा १७ बर्षिय किशोरीको बिषादी सेवनको कारण मृत्यु भएको छ ।
गजुल मियाकी १७ बर्षिय छोरी अप्सना खातुन नाम नखुलेको बिषादी सेवन गर्दा सिकिस्त बिरामी भएपछि उपचारको लागि नारायणी अस्पतालमा लगिएको थियो ।
थप उपचारको क्रममा भारतको डंकन अस्पतालमा शुक्रवार साँझ साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शब पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।