spot_img

कोकिनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु

spot_img
spot_img

लागुऔषध कोकिनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।

उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो।

अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका यात्रीको ज्यान गएको हो।

पोस्टमार्टम

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

महिलाको पेटमा कोकिनका ‘१०६ क्याप्सुल’

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकिनका प्याकेटहरू ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

एयरमोसिलियो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्री गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए।

मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटना बारेको अनुसन्धानलाई अगाडि बढाउनेछन्।

news from bbc/nepali

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय