Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

पप्पु कन्स्ट्र्क्शन को लापरवाहीले जनतालाई सास्ती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १४ जेठ — पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका ठुला पुल तथा सडक निर्माणका काम नगर्दा जनताहरुले सास्ती खेप्नुपरेको छ । सिरहा र धनुषा जोड्ने कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र गर्मियाममा धुलोले जनजीवन नराम्ररी प्रभावित भएको छ ।

५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्ष्भित्र निर्माण पुरा गर्ने शर्तमा ठेक्का पाएको पप्पुले ९ वर्ष सम्म पनि सिरहा र धनुषाको सिमा भएर बग्ने कमला नदी र सिरहा सप्तरीको सिमामा बग्ने बलान नदीको पुल नबन्दा स्थानिय बासिन्दा प्रभावित भएका हुन् । त्यस्तै महोत्तरीमा रामजानकी पथ, लोहारपट्टीदेखि पश्चिम रातु खोलामा पर्ने रातो पुल र जलेश्वर सदरमुकाम स्थित खाद्य संस्थानदेखि धिरापुर जाने सडक निर्माण पनि पप्पु कन्स्ट्रक्सनले ढिलासुस्ती गर्दा अलपत्र रहेका छन् ।
१४ करोड ६४ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको पप्पुले चारवटा पिलर उठाएर काम अत्रपत्र छाडेको छ ।

रातु र कमलानदीको पुलमात्र नभएर महोत्तरीको प्रमुख सडक रामजानकी पथसमेत चार वर्षदेखि स्तरोन्नती हुन नसकेको स्थानियले बताएका छन् । जनकपुरधाम–मटिहानी १५ किलोमिटर सडकमध्ये ६ किमी सडक बने पनि उक्त सडक निर्माण नसकिँदै भत्किन थालेको छ । अन्य ६ किमी सडकसमेत जीर्ण अवस्थामा रहेको छ । २०७२ असार १३ मा स्तरोन्नति र कालोपत्रे गर्न ९ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिए पनि कम्पनीले काम पुरा गर्न नसकेपछि पप्पुमार्फत ब्रदर्स कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरको खाद्य संस्थानदेखि धिरापुर जाने सडक २०७२ असार ३१ मा ३ करोड ४९ लाख ६८ हजारमा ठेक्का लिएको पप्पुले सम्झौतामा ०७३ असार ३१ मा काम सक्ने सम्झौता भएतापनि हाल सम्म सडकमा केही प्रगति देखिएको छैन् । पप्पुले विभिन्न बहाना बनाएर दुई पटकसम्म म्याद थपेको छ । थप म्यादमा समेत काम सकेको छैन । खरिद ऐन नियमानुसार पप्पुले अधिकांस योजना सुरु गरेको देखाएर कुल लागतको २० प्रतिशत रकम झिके पनि भौतिक पूर्वाधार निर्माण अलपत्र पारेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद मौवारले बताउनुभयो ।

ताजा समाचार

थप समाचार