मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

पोखरियामा चोरको बिगबिगी, जनप्रतिनिधि र प्रहरी प्रशासन मौन बसेको स्थानीयको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा पोखरिया, १५ जेठ — पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ४ बजार क्षेत्रमा एक जना ब्यापारीको पसलमा मंगलबार राती चोरी भएको घटनाको बिषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसी सित नेपाल पोष्ट डेलीले बुझ्न खोज्दा शुरुमा केहि नभएको बताए पनि घटना बिषयमा थोरै जानकारी गराएपछि मात्र मुख खोलेका थिए ।

- Advertisement -

स्थानीय बासिन्दा छोटेलाल साह कलवारको पार्चुनको पसलमा चोरी भएको हो । चोरहरुले पसलको ताल्चा फुटाई चोरी गरेको कलवारले बताए । चोरहरुले पसलमा रहेको बिभिन्न किसिमका सरसामान र नगद समेत गरी करिब एक लाख बराबरको चोरी भएको कलवारले बताए । कलवारको पार्चुन पसल र उनको दाइको किराना पसलमा एक बर्ष भित्रमा ५ पटक सम्म चोरी भएको कलवारले गुनासो गरे । स्थानीय बासिन्दाहरुले “स्थानीय प्रहरी प्रसाशन र जनप्रतिनिधिहरु सुरक्षा व्यवस्था प्रति गम्भीर नरहेको कारण बारम्बार चोरीको घटना हुने गरेको आरोप लगाए“।

पोखरिया नगरपालिकाको केन्द्र समेत रहेको पोखरिया बजार भन्दा पश्चिम तर्फ करिब १ किलोमिटरको दुरीमा इलाका प्रहरी कार्यालय छ । इप्रका पोखरियाका अनुसार रातिको समय दैनिक रुपमा प्रहरीको सुरक्षा गस्ती हुनेगर्दछ । स्थानीयहरुका अनुसार, प्रहरीको गस्ती भएपनि चोरीको घटना रोकिएको छैन । बजार प्रांगणमा शौचालय र चापाकल नहुँदा व्यवसायीहरु पिसाब फेर्न बजार भन्दा पर गएको अवस्थामा पसलहरुमा दिउँसै नगद र सरसामान चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ । एक साता भित्र कन्हैया पटवा, निजामुदिन मियाँ, सन्तोष साह कलवार लगाएतका दर्जनौं पसलहरुमा चोरी भएको स्थानीयहरू बताउँछन । चोरहरु कुनै मंगलग्रहबाट नआएको भनि स्थानीयले व्यंग गरेका थिए ।

- Advertisement -

स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनले तदारुकता देखाए चोरहरुलाई पहिचान गर्न र कानुन बमोजिम दण्डित गर्न असम्भव नरहेको बुद्धिजीवी बर्गको ठम्याई रहेको छ । मदिरा पसलहरुमा रातिको ११ बजे सम्म कारोबार हुने गरेको श्रोतले दाबी गरेको छ । गतबर्ष बजारको सुरक्षालाई मध्य नजरगरि प्रहरी सुरक्षाका साथसाथै व्यापारीहरुले स्थानीय गौरी महरालाई समेत रातिको समय बजार क्षेत्रमा निगरानीको लागि खटाएका थिए ।

बजार गस्ती कै क्रममा पसलमा चोरहरुले चोरी गरिरहेको अवस्थामा गौरी महरासंग आमना सामना भयो र महराले “तिमीहरुलाई चिनिसकेको छु भनेपछि चोरहरुले महराको मुख बाँधी मरणासन्न हुने गरि कुटपिट गर्दै मृत्यु भएको भनि अनुमान गर्दै खेतमा फालिदिएका थिए । त्यतीबेला पनि केसी नै इप्रका पोखरियाका प्रमुख थिए । इप्रका पोखरिया, जनप्रतिनिधि र स्थानीय बासिन्दाले उनको उद्धार गरेका थिए ।

महराले इलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी दर्ता गराएका थिए । इप्रका पोखरियाका प्रनिका केसीका अनुसार सम्मानित अदालतले अभियुक्तहरुलाई ७ बर्षको जेल सजाय तोकिदिएको भए पनि पोनपा वार्ड २ डमरापुरका प्रेम राम ७ बर्षको जेल सजाय काटिरहेका छन् भने २ जना हालसम्म फरार रहेकोे बताए । महरा बर्षौं देखि वार्ड ४ को चौकीदारीको काम गर्दै आएका व्यक्ति हुन् । उनको रातिको समय ठुलो स्वरमा “जागते रहो, खबरदार“ भन्ने शब्द स्थानीय मानिसहरु अहिले पनि सम्झीरहन्छन । त्यस क्षेत्रका मुख्य बजारको रुपमा प्रसिद्ध पोखरिया नपा वार्ड नम्बर ४ का अध्यक्ष हुन् लक्ष्मन साह कानु हुन् ।

बजारको सुरक्षा स्थितिप्रति कानुले बिशेष चासो लिनुपर्ने हो । वार्ड अध्यक्ष कानुले वार्डको सुरक्षाका निम्ति अहोरात्र खटिरहेको नेपाल पोष्ट डेलीसँग कुरा गर्दै दाबी गरे । पोखरिया नपाका नगरप्रमुख दीपनारायण रौनियार र वार्ड ४ का अध्यक्ष कानु बुधबार बिहान घटनास्थलमा पुगेका थिए । आगामी शनिबार बजारको सुरक्षा व्यस्थाको बिषयमा बिशेष छलफल हुने कानुले जानकारी गराए । शनिबारको छलफल पछि सुरक्षा व्यवस्था कतिको मजबुत हुनेछ भनी हेर्न बाँकी छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -