बुधबार, बैशाख १९, २०८१
Wed, May 1, 2024

जीबी राईको हत्या भएको...

१९ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा भ्रमक प्रचार गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले...

भावुक स्टाटस लेख्दै सन्दीप...

१९ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको सिकार भएको बताएका छन्...

श्रमिकको कथामा चलचित्र ‘लेबर’...

१९ वैशाख, काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र...

पोखरामा डढेलोले मौसम धुम्मिदा...

१९ वैशाख, गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र...
18.1 C
Kathmandu
26.2 C
Birgunj

पूर्वसभामुख महराको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं- संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ ।

- Advertisement -

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा पूर्वसभामुख महरा मुद्दामा सुनुवाई हुनेछ । महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनको निवेदन १७ नम्बरमा दर्ता भएको थियो ।

आजको सुनुवाइले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय हुनेछ ।

- Advertisement -

उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने महरा थुनामुक्त हुनेछन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्नेछ। यसैबीच जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ। जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन्।

उच्च अदालतको फैसला पनि महराका विरुद्ध भएमा उनी सर्वोच्च जान पाउने छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार