जनकपुर,पौष ९ ।जनकपुरधामको मिथिला डिपार्टमेन्टमा भिषण आगलगी करोडको क्षति भएको छ।
जनकपुरधाम स्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा बिहान ११ बजे विद्युत तार सट भई आगलागी भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका हुन्। आगलागीबाट झण्डै २ करोड ५० लाख बढीको क्षति भएको डिपार्टमेन्ट सञ्चालकको भनाइलाई उधृत गर्दै एसपी बस्नेतले बताए।
जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुबै बिग्रिएकोलेगर्दा विभिन्न स्थानबाट आएका ४ वटा वारुण यन्त्रको मदतले आगो निभाउने कार्य गरियो।आगलागी नियन्त्रणका लागि धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट र महोत्तरीको जलेश्वरबाट बारुण यन्त्र ल्याइएको थियो।
आगो निभाउनको लागि वारुणयन्त्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटेका छन् ।







