spot_img

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

spot_img
spot_img

जनकपुर,३१ जेठ । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन्।

प्रहरीका अनुसार गुलरिया–नेपालगञ्ज सडकखण्ड अन्तर्गत लालपुर क्षेत्रमा आज बिहान भएको दुर्घटनामा तिलक कँडेल को मृत्यु भएको हो। बाँसगढी नगरपालिका–५, मोतिपुर निवासी ३५ वर्षीय कँडेललाई दुर्घटनापछि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा दीपक कुमार जङ शाह घाइते भएका छन्। बाँसगढी नगरपालिका–८, ककौरा निवासी ३५ वर्षीय शाहको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ।

दुवै सुरक्षाकर्मी सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुरमा कार्यरत थिए। उनीहरू अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयतर्फ लैजाने क्रममा दुर्घटनामा परेका थिए।

प्रहरीका अनुसार नेपालगञ्ज–गुलरिया जोड्ने हुलाकी सडकखण्डको लालपुरमा बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनामा एउटा भैंसी पनि मरेको छ।

घटनामा ट्रक चालक निरन्जन दर्जी समेत घाइते भएका छन्। मकवानपुरको बागमती गाउँपालिका–५ निवासी ४० वर्षीय दर्जीको उपचार बर्दिया जिल्ला अस्पताल मा भइरहेको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय