spot_img

अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयासमा बङ्गलादेशी नागरिक पक्राउ

spot_img
spot_img

काठमाडाै,३१ जेठ । झापामा भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३३ वर्षीय एमडी सैफुल इस्लाम लाई शनिबार दिउँसो मेचीनगर नगरपालिका–६ को गैरीगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी भारतको पानीट्याङ्की क्षेत्र हुँदै मेची खोलाको बगर प्रयोग गरी नेपाल प्रवेश गर्ने प्रयासमा रहेको अवस्थामा फेला परेका थिए।

सीमा क्षेत्रमा नियमित निगरानीमा खटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टा को टोलीले शङ्काका आधारमा जाँच गर्दा इस्लामले वैधानिक प्रक्रिया पूरा नगरी सीमा पार गर्न खोजेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका इस्लाम बङ्गलादेशको चाँदपुर जिल्लाका स्थायी बासिन्दा हुन्। उनको साथबाट बङ्गलादेशी राहदानी समेत बरामद गरिएको छ।

घटनापछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा निगरानी अझ कडा बनाउँदै अवैध आवतजावत नियन्त्रणका लागि नियमित गस्ती र जाँच अभियान सञ्चालन गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय