बीरगन्ज : हटाईयो नेकपाको बोर्ड, नेकपा एमालेले कब्जा गर्यो पार्टी कार्यालय

spot_img

बीरगन्ज, २४ फागुन । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै प्रधानमन्त्री केपी ओली समूह नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।

बीरगन्जको रानीघाटमा रहेको पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको छ ।

प्रधानमन्त्री केपी ओली समूह नेकपा एमालेका नेता राजकुमार गुप्तालगायत कार्यकर्ताले पार्टी कार्यालय सरसफाई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखि एको हो ।

कार्यकर्ताले पार्टी कार्यालय सरसफाई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखि नेता राजकुमार गुप्ताको प्रमुख अतिथिमा र गोकर्ण पाठकको अध्क्षतामा एक कार्यक्रम गरि कार्यकर्तामा खुसियाली मनाउदै मिठाई समेत बाँडीएको छ ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।

त्यसपछि उत्साही देखिएको ओली पक्षले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको र २०७५ जेठ २ गतेको अवस्थामा पुगेको टिप्पणी गरेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय