spot_img

वीरगन्जकाे बाल सुधार गृहबाट फरार दुई बालक डेढ घण्टामै पक्राउ

spot_img
spot_img

वीरगन्ज,०५ असार । वीरगन्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले करिब डेढ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ गरेको छ।

डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका ती दुवै बालक शुक्रबार दिउँसो शौचालयको भेन्टिलेसन फुटाएर फरार भएका थिए।

फरार हुनेहरूमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन्। उनीहरू दिउँसो करिब १:२० बजे बाल सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाएर सुरक्षाकर्मीलाई छल्दै भागेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी तत्कालै खोजतलास सुरु गरिएको थियो। खोजतलासकै क्रममा प्रहरी टोलीले करिब ३:३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै बालकलाई नियन्त्रणमा लिन सफल भएको हो।

भारततर्फ भाग्ने तयारीमा रहेका अवस्थामा उनीहरूलाई सीमा नाकामै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै बालकलाई पुनः बाल सुधार गृहमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय