spot_img

बारामा स्प्राइट ठानेर डिजेल पिउँदा ४ वर्षीय बालक गम्भीर बिरामी

spot_img
spot_img

वीरगन्ज,०५ असार । बारामा स्प्राइटको बोतलमा राखिएको डिजेल चिसो पेय पदार्थ ठानेर पिउँदा ४ वर्षीय बालक गम्भीर बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुवर्ण गाउँपालिका–६ मुसहर्ना निवासी महेबुब अन्सारीका छोरा साहेब आलमले घरमै खेल्ने क्रममा स्प्राइटको खाली बोतलमा राखिएको डिजेल सेवन गरेका थिए।

डिजेल पिएलगत्तै बालकलाई पेट दुख्ने, बान्ता हुने लगायतका समस्या देखिएपछि परिवारले तत्काल उनलाई प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। हाल उनको अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले पेट्रोलियम पदार्थ, विषादी तथा अन्य हानिकारक रसायनलाई पेय पदार्थको बोतलमा राख्ने प्रवृत्ति अत्यन्त जोखिमपूर्ण हुने बताएका छन्। यस्ता पदार्थ बालबालिकाले सजिलै पेय पदार्थ ठानेर सेवन गर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले पनि घरभित्र हुने सामान्य लापरवाहीले बालबालिकाको जीवन जोखिममा पर्न सक्ने भन्दै यस्ता पदार्थ सुरक्षित र बालबालिकाको पहुँचभन्दा टाढा राख्न अभिभावकहरूलाई अनुरोध गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय