रौतहट,२९ पुस । रौतहटबाट प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ५ थलहिका वर्ष २० का सुमन विश्वकर्मा रहेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।
विश्वकर्माको साथबाट डाईजेल्याब इन्जेक्सन ३८ एमपुल, नर्फिन इन्जेक्सन ३६ एम्पुल, फेनरगन इन्जेक्सन को ३९ एम्पुल र निटराजिपाम १० एमजी ३२ टेबलेट लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताए ।
विश्वकर्मामाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।