बुधबार, बैशाख १९, २०८१
Wed, May 1, 2024

जीबी राईको हत्या भएको...

१९ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा भ्रमक प्रचार गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले...

भावुक स्टाटस लेख्दै सन्दीप...

१९ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको सिकार भएको बताएका छन्...

श्रमिकको कथामा चलचित्र ‘लेबर’...

१९ वैशाख, काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र...

पोखरामा डढेलोले मौसम धुम्मिदा...

१९ वैशाख, गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र...
16.1 C
Kathmandu
24.4 C
Birgunj

प्रदेश–१ मा पेट्रोलकाे हाहाकार, इन्धन बिक्री बन्द, पम्पमा उपभोक्ता घण्टौं लाइनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर । प्रदेश–१ का धेरै पेट्रोल पम्पले पेट्रोलियम पदार्थ बिक्री गर्न बन्द गरेका छन् । शनिबारबाट पूर्ण रुपमा वितरण नहुने आह्वान गरिएका कारण खुला भएका कतिपय पम्पमा उपभोक्ता लामो लाइनमा बसेका छन् ।

- Advertisement -

खासगरी प्रदेश–१ को राजधानी विराटनगरका पम्पमा तेल हाल्न घन्टौं पालोमा बस्नुपर्दा उपभोक्तालाई सास्ती भएको छ । नेपाल आयल निगमबाट उठाएको तेल आज बिहान वितरण गर्ने भनिएपछि केही पम्पमा उपभोक्ता बिहानैबाट लाइन लागेका थिए ।

पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण प्रदेश–१ का धेरै जिल्लामा तीन दिनयता तेल बिक्री अनियमित बनेको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको तर व्यवसायीको कमिसनको माग भने सम्बोधन नगरेको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।

- Advertisement -

पूर्वाञ्चल पेट्रोलियम ढुवानी एसोसिएसनका अध्यक्ष ध्रुवप्रसाद सिग्देलले शनिबारबाट डिपोबाट इन्धन उठाउने र भारतबाट ढुवानी गर्ने कामसमेत बन्द हुने बताएका छन् । उनले भने, “आयल निगमको विराटनगरस्थित डिपोबाट बिहीबार साँझसम्म उठाइएको सबै इन्धन शुक्रबार बिहानभरी वितरण हुन्छ, त्यसपछि हामी तेल पनि उठाउँदैन, बिक्री पनि गर्दैनौं । भारतबाट ढुवानीसमेत गर्दर्नौं ।”

तेल बिक्री बन्द हुने भन्ने जानकारी पाएका उपभोक्ता र सर्वसाधारण मोटरसाइकसहित ग्यालेन र बोतल बोकेर पम्प धाउन थालेका छन् । तर, सबैले तेल पाउने सम्भावना भने कम छ । विराटनगरको एक पम्पमा तेल लिन पुगेका निकेश साहले भने, “तेल सकिएर घरमै वाइक राखी ग्यालेन लिएर गएको थिएँ । तीन घण्टा लाइन बसेर बल्लबल्ल तेल पाएँ ।”

व्यवसायीले सार्वजनिक यातायातदेखि अन्य क्षेत्रमा पनि मूल्य समायोजन भएको तर इन्धन ढुवानी गर्दै आएका व्यवसायी भने अझै पनि पुरानै रेटमा काम गर्नु परेको बताएका छन् ।

विराटनगर महानगरपालिकाभित्र रहेका ११ वटामध्ये धेरै पम्पले पेट्रोल बिक्री नगर्ने तयारी रहेको कोसी पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । डिजल भने शनिबारसम्म बिक्री हुनेछ ।

एसोसिएसनका अध्यक्ष दुर्गाबहादुर बस्नेतले अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य बढेको र नेपालमा पनि दुई महिनामा १० रुपैयाँ वृद्धि भएको सुनाउँदै भने, “ब्यवसायीले खाइपाई आएको ३ प्रतिशत कमिसनबारे सुनुवाइ भएको छैन । हामीले बारम्बार ध्यानाकर्षण गराएका छौं तर सरकार मौन छ ।” व्यवसायीसँग छलफल नगरी मूल्य बढाउने तर व्यवसायीको कमिसन कटौती गर्ने कार्यको आफूहरुले विरोध गरेको बस्नेतको भनाइ छ ।

एसोसिएसनका अनुसार विराटनगरमा दैनिक १५ देखि २५ किलोलिटर पेट्रोलको माग छ । सिजनअनुसार कम्तीमा ५० किलोलिटर डिजल विराटगरमा खपत हुन्छ । नेपाल आयल निगम प्रदेश कार्यालय विराटनगरका अनुसार निगमको डिपोमा अझै केही दिनलाई पुग्ने इन्धन मौजदात छ । नियमित सेड्युल अुनसार पम्पहरुले विहीबार पनि तेल उठाएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार