15.1 C
Kathmandu
Saturday, November 26, 2022
15.1 C
Kathmandu
20.8 C
Birgunj

अर्थमन्त्री शर्माले भने– राजश्वको दर हेरफेर आवश्यक प्रक्रियामार्फत नै गरिएको छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ असार । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट बनाउँदा कायम गरिएका राजश्वका दर हेरफेर आवश्यक प्रक्रिया अनुसार नै गरिएको बताएका छन् ।

- Advertisement -

आज प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन छ । र, सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् ।

‘राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूर्ण जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -