काठमाडौं – नेपाल टेलिकमको जस्तै फेसबूक पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह भएको सम्बन्धमा टेलिकमकाे ध्यान केन्द्रित भएकाे छ ।
टेलिकमले मिल्दोजुल्दो अन्य पेजहरूबाट भ्रामक सूचनाहरू प्रवाह भइरहेको भन्दै टेलिकमको आधिकारिक पेजबाट मात्रै सही सूचना आउने मंगलवार जानकारी गराएको छ ।
टेलिकमले आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै आफ्नो आधिकारिक फेसबूक पेजलाई फेसबूकले भेरिफाईड गरिसकेकोले ‘ब्लु टिक’ हेरेर मात्रै सूचनामा विश्वास गर्न आग्रह गरेको छ ।