21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

उद्योगी र मजदुरले मागे अर्थमन्त्री शर्माको राजीनामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,०९ असार । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् ।

- Advertisement -

यसअघि उद्योगीले अर्थमन्त्री शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् । माग सम्बोधन नभएपछि अर्थमन्त्रीको राजीनामा माग गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । सरकारको नीतिले स्टील उद्योग पनि संकटमा पर्ने उद्योगीको गुनासो छ ।

- Advertisement -

वनस्पती तेल उत्पादन गर्ने स्वदेशी उद्योगले आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न नसक्ने गरी बजेट मार्फत सरकारले आयातलाई प्रोत्साहन गरेको उद्योगी र मजदुरको गुनासो छ ।

सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेपछि स्वदेशी उद्योग धारासाही भएकाले सडक संघर्षमा उत्रनुपरेको उद्योगीहरुको गुनासो छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -