23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

मतदाता नामावलीमा पहुँच सुनिश्चित गर्न जनकपुरधाममा अन्तरक्रिया

सिफारिस

जनकपुरधाम, असार १४ । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न जिल्लाका सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ ।

- Advertisement -

- Advertisement -

दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले आयोजना गरेको अन्तरक्रियामा सहभागी धनुषाका दलितले सधैं भेदभावको सिकार हुँदै आएका दलितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषाका अध्यक्ष कुलदीप दास प्रेमको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख अतिथि मधेसका सांसद परशुराम साहले विभेदकारी संविधानका कारण दलित विभिन्न समस्याबाट लडिरहेको बताए ।


सांसद साहले सीमान्तकृत समुदाय र महिला दलितलाई दबाबमा राख्न चाहने दललाई मधेसका जनताले भोट दिएकाले महिला, दलित र सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको गुनासो गरेका हुन् ।


कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद चमेलीदेवी दासले दलितको मतदाता नामावली वा नागरिकताको समस्या समाधानका लागि संसदमा आवाज उठाए पनि प्रदेश सरकार पेन्डुलमजस्तै भएकाले कुनै समाधान हुन नसकेको टिप्पणी गरिन् ।

सांसद दासले नागरिकताको मुद्दामा जिल्लाका प्रमुख जिल्ला अधिकारी र वडाको प्रमुख भूमिका रहेको बताए ।

दलित सरोकार मञ्चले महिला, दलितलगायत सीमान्तकृत जनताका समस्या समाधानका लागि प्रदेशका अन्य जिल्लामा पनि अन्तरक्रिया गरिरहेको फोरमका कार्यक्रम संयोजक रोशन पासवानले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -