बीरगन्ज,२० साउन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा ५ दलिय गठबन्धन कायम रहेन भएपनि गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बन्ने बताएका छन् ।
बिहीबार एमाले माओवादी एकतादेखि विभाजनसम्म नामक पुस्तकको विमोचन कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी भएको बताए । तर अबको च्ुनाव त्यस भित्र अर्को मोर्चाबन्दी बन्ने दावी गरे । त्यसको मोडालिटी के हुने बारे उनले केहि नबोले पनि कांग्रेसलाई मै सर्वे सर्वा रहेको महशुस भइरहेको बताउदै अर्को मोचाबन्दीको आवश्यकता रहेको बताए ।
उनले अहिलेको परिस्थितीमा अझै अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्तिहरु मिल्नुपर्ने हुन्छ पर्ने कुरामा जोड दिए ।
वामपन्थीहरुमध्ये पनि मन समेत मिल्नेहरुसँग मिलेर जाने नेपालको भनाइ छ। अब अगाडि बढ्ने सन्दर्भमा विचार मिल्नेहरु, धारणा मिल्नेहरु, भावना मिल्नेहरु, मन मिल्नेहरुसँग मिलेर उनले बताए ।